विमान दुर्घटनामा ज्यान गुमाएका थप १ जनाको शव भेटियो

काठमाण्डु टुडे २०७९ माघ २ गते १६:२१ मा प्रकाशित

काठमाण्डु,२ माघ– पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।

सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले बताएका छन ।

योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अब ३ जना वेपत्ता छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us