बस र कार आपसमा ठोक्किंदा एक जानाको मृत्युु

काठमाण्डु टुडे २०७९ माघ २ गते १६:०६ मा प्रकाशित

काठमाण्डु २ माघ पश्चिम नवलपरासीमा सोमबार बस र कार ठोक्किंदा एक जानाको मृत्युु भयको छ।

मृत्युु हुनेमा कार चालक३५ वर्षीय ईन्द्रमणि पौडेल रहेका छन।मृतक पौडेल अर्घाखाँची स्थायी ठेगाना भई हाल कपिलवस्तु वाणगंगा नगरपालिका– ८ मधुवनमा बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम ले जनायको छ।

दुर्घटना भुमही–परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका १२ भुमही नजिकै भएको प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नं को बस र विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार एक आपसमा ठक्कर खाँएको थियो।

दुर्घटनामा गम्भीर घाइते पौडेललाई जिल्ला अस्पताल परासीमा उपचारको क्रमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनायको छ। कारमा सवार अन्य यात्री घाइते भएको र उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us