
काठमाण्डु,२ माघ– पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाण्डुबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पुगेका छन ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा.समारिका दाहालले पोखरा आएर शवको परीक्षण सुरु गरेका छन ।
दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाण्डुका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिएका छन ।
पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाण्डु पठाउने तयारी गरीएको खत्रीले बताएका छन ।