तीन वटा इन्स्योरेन्स मर्जरका लागि सम्झौता

काठमाण्डु टुडे २०७९ माघ २ गते ११:२० मा प्रकाशित

काठमाण्डु,२ माघ–तीन वटा इन्स्योरेन्स मर्जरका लागि सम्झौता भएको छ ।

हिजो (आइतबार) नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकापसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको हो ।

तीन वटै इन्स्योरेन्सको १ः१ः१ शेयर अनुपात कायम गरीएको छ । मर्जर पश्चात् कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ ।

मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड राखीने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us