
काठमाण्डु ,२९ पुस- शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ।
आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनायको छ। महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।