फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाण्डु टुडे २०७९ पुष २८ गते १३:२० मा प्रकाशित

काठमाण्डु ,२८ पुस- बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपयाले बढेको छ।

यस्तै आज चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ९ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ ।

यस अघी बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us