मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक को आजबाट एकीकृत कारोबार सुरू

काठमाण्डु टुडे २०७९ पुष २७ गते १३:४६ मा प्रकाशित

काठमाण्डु, २७ पुस -मेगा बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ले आजबाट एकीकृत कारोबार सुरू गर्ने भएका छन्।

यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको छन। पुस ७ गते बसेको दुबै बैंकको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थीयो।भने राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको हो।

त्यस्तै, दुबै बैंक गाभिने भयपछी कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको हो। मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय अर्थात काठमाण्डुको दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ।

दुबै बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हो। मर्जर पछि बैंक सञ्चालक समितिको अध्यक्षको रूपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us