५ माघमा सभामुखको निर्वाचन हुने

काठमाण्डु टुडे २०७९ पुष २६ गते १७:४७ मा प्रकाशित

काठमाण्डु,२६ पुस– प्रतिनिधि सभाको सभामुख चयनका लागि ५ माघ निर्वाचन हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ ।

प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us