गलत दिशामा जादैगरेको राजनीति लाइ  हस्तक्षेप गरेर समयमै सहि दिशमा ल्यायौँ : माधव नेपाल

काठमाण्डु टुडे २०७९ पुष २३ गते १५:४५ मा प्रकाशित

काठमाण्डु ,२३ पुस -एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गलत दिशामा जादैगरेको राजनीति लाइ समयमै हस्तक्षेप गरेर सहि दिशमा ल्याउन सफल भएको बताएका छन् ।

आज काठमाण्डुमा एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टी बनेका बेला व्यक्तिबाद देखापरेको, पार्टीभित्र जटिलता देखापरेको, दक्षिणपन्थी अवसरवाद देखापरेको, निरङ्कुश प्रवृत्ति देखापरेको, सामूहिकताको भावना समाप्त भएको र आफूखुसी संविधानको व्याख्या गर्ने प्रवृति पनि देखापरेको बताय।

उनले नेपालको राजनीति गलत दिशामा जान थालेकोमा त्यसलाई सहि दिशामा लैजानका लागि समयमा हस्तक्षेप गरेको, ती प्रवृत्तिका विरुद्धमा आवाज बुलन्द गरेको र जनताको साथ पाएको बताए । साथै उनले आम नागरिक समाजको समर्थनमा पार्टीभित्रको गलत प्रवृत्तिमा अंकुश लागेको बताय।

नेपालले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट खुसी रहेको बतायका छन। चुनावमा उठाएका उम्मेदवारहरु मध्ये ५० प्रतिशतले सफलता हासिल गरेको र समानुपातिक तर्फबाट प्राप्त भएको मतमा एकीकृत समाजवादी सन्तुष्ट नभएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us