
काठमाण्डु,२० पुस– कांग्रेस नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । स्वर्गीय देवीप्रसाद ९डिपी० त्रिपाठीको वार्षिकीमा सहभागी हुन नेता निधि बुधबार दिउँसो १ बजे दिल्ली प्रस्थान गरेका हुन ।
नेता निधि सभापति शेरबहादुर देउवाको स्वीकृतमा दिल्ली गएको बुझिएको छ । भारतीय राजनीतिज्ञ तथा भारतीय राष्ट्रीय कांग्रेसका महासचिव स्वर्गीय त्रिपाठीको पहिलो वार्षिकीको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा निधिले भाग लिने कार्यक्रम रहेको छ ।
निधिको चार दिने भारत भ्रमणका क्रममा राजनीतिक भेटघाटको पनि कार्यतालिका रहेको उनको सचिवालयले जानकारी दिएको छ ।