भालुको आक्रमणबाट एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष २० गते ११:४६ मा प्रकाशित

अर्घाखाँची,२० पुस– अर्घाखाँचीमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । मूत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा ७९ वर्षका रामबहादुर भाट क्षेत्री रहेका छन ।

घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा– २ ओखारी भन्ने ठाउँमा भालुले आक्रमण गरेर बृद्धको मृत्यु भएको वडा अध्यक्ष रामबहादुर क्षेत्रीले जानकारी दिएका छन ।

जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली पुग्दा भालु घटनास्थलमै रहेको र धेरै मानिसहरु देखेपछि भागेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।

जंगल नजिकैको बस्ती भएकाले सीतापुरका बासिन्दामा भालुको आक्रमणको त्रास रहेको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us