२ किलो चरेशसहित एकजना भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०७९ पुष २० गते ११:१४ मा प्रकाशित

काठमाण्डु,२० पुस– प्रहरीले बाराको सुवर्ण गाउँपालिका–३ बाट २ किलो चरेशसहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ । चरेश बोकेर भारततर्फ जाँदै गरेका युवकलाई सशस्त्र प्रहरीले बाराबाट पक्राउ गरेको हो ।

बाराको सुवर्ण गाउँपालिका–३ स्थित सतगञ्जबाट ३० वर्षीय राजकुमारलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सतगञ्ज सीमा इलाकामा सशस्त्र प्रहरीले चेकजाँच गर्दा उनको साथमा चरेश फेला परेको थियो । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कबहिगोठले पक्राउ गरेर आरोपीलाई जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्राप्त सूचनाको आधारमा बिओपीबाट खटिएको टोलीले राजकुमार सवार बी आर–०५ ए भी ३०४२ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा चरेश फेला परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us