एमालेको मधेस प्रदेशको संसदीय दलको नेतामा यादव चयन

काठमाण्डु टुडे २०७९ पुष २० गते ११:०३ मा प्रकाशित

काठमाण्डु,२० पुस– एमालेको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मङ्गलवार जनकपुरधाममा बसेको एमाले प्रदेशसभा सदस्यहरूको बैठकले दलको नेतामा यादवलाई चयन गरेको हो ।

अबेर रातिसम्म आकाङ्क्षीहरूबिच सहमति गराई यादवलाई दलको नेतामा चयन गरिएको एक नेताले बताएका छन । एमाले सचिव रधुवीर महासेठ, पोलिटब्यूरो सदस्य जुली कुमारी महतो तथा नवगठित सरकारका विना विभागीय मन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा सहमतिमै दलको नेतामा महोत्तरी–४ को (१ ) बाट निर्वाचित यादवलार्ई दलको नेतामा चयन गरिएको छ ।

दलका नेताका लागि आकाङ्क्षी अन्य सांसदहरू रामकुमार लेखी, हरिनारायण महतो र रामचन्द्र मण्डललाई पार्टी सरकारमा गएसँगै मन्त्रीको जिम्मेवारी दिने पक्का गरेपछि दलको नेतामा सहमति जुटेको श्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us