महोत्तरीमा पुरुष मृत फेला

काठमाण्डु टुडे २०७९ पुष २० गते १०:१४ मा प्रकाशित

महोत्तरी, २० पुस– महोत्तरीमा एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको औरही नगरपालिका–७ स्थित एक इटा भट्टासँगैको छाप्रोमा स्थानीय ५२ वर्षीय इन्द्रदेव झा मृत भेटिएका हुन । प्रहरीका अनुसार सोमबार साँझ घरबाट निस्किएका झा मंगलबार मृत भेटिएका थिए । झा धेरेजसो समय इटा भट्टामै बस्ने गरेका थिए ।

झाको कसैले हत्या गरेको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए । पंगेनीका अनुसार शव पोस्टमार्टमका लागि जलेश्वरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us