सम्मानजनक शक्ति बाँडफाँट भए जसपा सरकारमा जाने

काठमाण्डु टुडे २०७९ पुष १९ गते १८:२३ मा प्रकाशित

Upendra Yadav

काठमाण्डु,१९ पुस– जनता समाजवादी पार्टी सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । आज (मंगलबार) सकिएको राजनीतिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

जसपामा सरकारमा जाने र नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय जसपाले गरेको छ ।

सरकारमा सहभागी नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने उसको निर्णय छ ।बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ ।

चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ ।

चुनावमा पार्टीका उम्मेदवारहरुविरुद्ध उम्मेदवारी दिनेहरुलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us