किसान बचत तथा ऋण सहकारीबाट नगद चोरी

काठमाण्डु टुडे २०७९ पुष १९ गते १७:०६ मा प्रकाशित

काठमाण्डु,१९ पुस– नवलपरासी (पूर्व) को गैडाकोट नगरपालिका–१० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट नगद ५ लाख ९१ हजार रुपैयाँ गएराति चोरी भएको हो ।

उक्त सहकारीको सटर फोडी अफिस कोठामा रहेको सेफबाट उक्त नगद चोरी भएको भन्ने सूचमा आधारमा अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us