एकीकृत समाजवादीका दुई निर्णय: वामपन्थी एकता र सहकार्यका लागि सचिवालयलाई जिम्मेवारी

काठमाण्डु टुडे २०७९ पुष १९ गते १६:१९ मा प्रकाशित

काठमाण्डु,१९ पुस– नेकपा एकीकृत समाजवादीले वामपन्थी एकता, सहकार्य वा मोर्चाबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ ।

नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे आज मंगलबार बैठक बिना निष्कर्ष सकिएको छ ।

पोलिटब्युरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।

पोलिटब्युरो बैठकपछि खतिवडाले भने, ‘ सरकारमा सहभागी हुनेबारे पोलिटब्‍युरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने अधिकार प्रदान गरेको छ ।

केन्द्रीय सचिवालयले यसको बारेमा आवश्‍यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिनेछ । ‘

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us