
काठमाण्डु,१९ पुस– कांग्रेसको शेखर–गगन पक्षले आफ्नो समूहको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बैठक बोलाइएको हो ।
बैठकमा उक्त समूहका शीर्ष नेताहरु, केन्द्र र प्रदेशमा निर्वाचितरपराजित, भ्रातृ संस्थाका नेताहरु सहभागी हुने भएका छन । निर्वाचनको समीक्षाका लागि बैठक बोलाइएको उक्त समूहका नेता भूपेन्द्रजंग शाहीले बताएका छन ।
२२ पुस देखि सुरु हुने केन्द्रीय समितिको बैठकमा आफ्नो पक्षले उठाउने विषयमा पनि बैठकमा छलफल हुने उनले बतानएका छन ।