
काठमाण्डु,१९ पुस– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान एवंम् गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।
आज (मंगलबार) सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर घिसिङले लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीसहित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका छन ।