राष्ट्रिय सहमतिको सरकार बनाऔँ: रामचन्द्र पौडेल

काठमाण्डु टुडे २०७९ पुष १९ गते १३:५८ मा प्रकाशित

काठमाण्डु,१९ पुस– काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । आज (मंगलबार) स्पिकर्स फोरम नेपालले काठमाण्डुमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उाले यस्ूतो बताएका हुन ।

नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन । उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन ।

उनले भने, ‘ एकातिर अर्थतन्त्रको यत्रो खतरनाक अवस्थामा छ भने । विश्वको मन्दी यहाँ पनि घुम्दै आइराखेको छ । अर्कोतर्फ चीनबाट उत्पन्न भएको कोरोना फेरि घुम्दै घुम्दै इन्डिया हुँदै नेपाल आउँदैछ भनिएको छ ।

यहाँ राजनीतिक, आर्थिक, स्वास्थ्य सम्बन्धी, सामाजिक, मानवीय समस्याहरूले हामीलाई घेरिरहेका छन् । यो घेरिरहेको बेलामा हामीले आफ्नो लागि उपयुक्त बाँच्ने उपाय के हो त रु मलाई अझै पनि लाग्छ राष्ट्रिय सहमतिको एउटा खोजी गरौँ ।

अझै पनि लाग्छ हामी मिलेर नेपालको स्वार्थमा, नेपालीको, प्रजातन्त्रको स्वार्थमा । ७० वर्ष लडेर प्राप्त गरेको परिवर्तन, व्यवस्था, यो संविधानको स्वार्थमा एकपटक फेरि हामीले राष्ट्रिय सहमति खोज्ने हो कि रु म यहाँ बाहिर भएर यो भनिरहेको छैन ।

तपाईंहरु विचार गर्नुहोला भोलि । म जहाँ भए पनि म एउटा नेपाली भएर भनिरहेको छु । अहिले पनि राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिको सरकारको प्रयत्न अझै पनि गर्नुपर्छ कि भन्ने मलाई लाग्छ । यो मेरो भित्र दिलले देखाएको बाटो ।

एउटा उपाय बाँच्ने बाटो । यो मलाई लागिरहेको छ । नेपाललाई अहिले यो परिवर्तनलाई जोगाएर, यो व्यवस्था, यो संविधानलाई जोगाएर हामी एक भएर अझै पनि राष्ट्रिय सहमति गरेर जाने हो कि भन्ने मलाई लाग्छ ।’उनले काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरे ।

उनले आफूहरूले गरेको हिसाबकिताबले काम नगरेको बताए । उनले विगतमा आफूहरुका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताएका छन ।

उनले भने, हाम्रो हिसाबकिताबले यहाँ काम गरेकै छैन । कुन हिसाबकिताबले काम गरेको हो थाहा छैन । एकथोक सोचेको अर्को थोक भइराखेको हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us