प्रधानमन्त्री प्रचण्डको निर्देशन; विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिनू

काठमाण्डु टुडे २०७९ पुष १९ गते १३:३३ मा प्रकाशित

काठमाण्डु,१९ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्षच एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट नेपाल फर्किंदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउँदा नागरिकले हैरानी खेप्नु परेकोबारे ध्यानाकर्षण जनाएका छन् ।

विदेशबाट मोबइल बोकेर आएका नेपालीलाई मोबाइलको भन्सार तिर्नेबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिउको छ ।’

प्रधामनन्त्री प्रचण्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us