६० वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०७९ पुष १९ गते १२:४८ मा प्रकाशित

काठमाण्डु,१९ पुस– प्रहरीले अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० बस्ने ६० वर्षीया राधा थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रकाउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई शीतगंगा–१० बोरखोरमा बस्ने २३ वर्षीय सुशान्त सिंह रहेका छन् ।

राधाको शव आइतबार बिहान शीतगंगा –१० कै सिद्धारा बोखोरस्थित जंगलमा टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले सिंहलाई शीतगंगाकै मुन्द्रीबासस्थित जंगलबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्ने योजनाका साथ सिंहले दूध लिन गएकी राधालाई ढुंगा र हँसिया प्रयोग गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us