
बारा,१९ पुस– १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले एकजना भारतीय नागरिकलाई पक्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका–९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरी रहेका छन ।
चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको भनेर आफन्तले जानकारी दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला अदालतबाट म्याद लिएर चौधरीमाथि जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।