एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

काठमाण्डु टुडे २०७९ पुष १९ गते ११:०९ मा प्रकाशित

काठमाण्डु,१९ पुस– नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि पार्टी केन्द्रिय कार्यालयमा बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ ।

पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट बस्दै छ । पार्टीले सरकारमा कसैले औपचारिक रुपमा सहभागी हुन नभने सहभागी नबन्ने धारणा राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us