
काठमाण्डु,१९ पुस– काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–८ गोल्फुटारमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मूत्यु हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने मोटरसाइकल चालक अन्दाजी १९ वर्षीय स्वयत कुमार साह रहेका छन ।
बा ४४ प २४२२ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते साहको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।
मोटरसाइकलमा पछाडि सवार दुई जना भने सकुशल रहेका प्रहरी जनाएको छ ।