
काठमाण्डु, १८ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता गर्नेबारे छलफल सुरु भएको छ ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग पार्टी एकताबारे छलफल अघि बढेको बताए ।
मंगलबारको पोलिटब्यूरो बैठकपछि खतिवडाले उक्त जानकारी दिएका हुन् । ‘जसपासँग एकता भयो भने आश्चर्य नमाने हुन्छ’, खतिवडाले भने, ‘हामी छलफलमै छौं, सकारात्मक छलफल अघि बढेको छ ।’
४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा दुवै दलले सोचेजस्तो परिणाम नल्याएपछि उनीहरु एकता प्रयासमा जुटेका हुन् । प्रतिनिधिसभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद् छन् ।