
काठमाण्डु, १८ पुस– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन् ।
ओली भेट्न भट्टराई ओलीनिवास बालकोट पुगेका थिए । दुई पूर्वप्रधानमन्त्रीबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको भट्टराईको सचिवालयले जनाएको छ ।
यस्तै सरकारको कामकारबाहीको प्रभाविकारिता, सत्ता समीकरणमा बाँकी पदहरुकोे भागबण्डा तथा सत्तारुढ गठबन्धनको संयन्त्र सञ्चालन लगायत विषयमा पनि दुई नेताबीच कुराकानी भएको थियो । ओलीले केही दिनअघि सत्ता गठबन्धन संयन्त्रको संयोजकको जिम्मेवारी पाएका थिए ।
समितिले सरकारको न्यूनतम साझा कार्यक्रमको खाका कोर्ने काम गरिरहेको छ ।