
काठमाण्डु,१८ पुस– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी गरिएको जानकारी दिएका छन ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल फागुनमा सकिन लागेकाले फागुनमै दुबै पदको निर्वाचन पुरा गर्न सकिने बताएका छन । उनले भने,‘हामीसँग राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न पर्याप्त समय छ ।
फागुनमै निर्वाचन पुरा गर्न सक्छौं । त्यसका लागि कुनै समस्या छैन’ ‘राजनीतिक दलहरुबीच सहमति भएमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमै गर्न सक्छौं ।’
यस्तै राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएकाले पुनः निर्वाचन गर्नुपर्ने भएको थपलियाले बताएका छन ।