प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने

काठमाण्डु टुडे २०७९ पुष १८ गते १४:१४ मा प्रकाशित

काठमाण्डु,१८ पुस– नेकपम (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ पुसमा विश्वासको मत लिने भएका छन् ।

प्रचण्डले आज (सोमबार) संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको बताएका छन । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us