सत्ता गठबन्धनमा सामेल हुन सक्दैनौं: माधव नेपाल

काठमाण्डु टुडे २०७९ पुष १८ गते १३:५२ मा प्रकाशित

काठमाण्डु,१८ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो बताएका हुन । सोमबारदेखि काठमाण्डुमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताएका छन ।

नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसै सामू लत्र्ने पक्षमा नरहेको बताएका छन ।

मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनले बताए ।

 नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी भित्रै रहेर ती समस्या समाधान गरेर अघि बढने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए ।

उनले भने, ‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुदैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी आफ्नो देश अघि बढाउन चाहन्छौं ।

हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं । नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं । त्यसो हुनाले यिनै सोच र मान्यताको आधारमा हामी अगाडि बढनेछौं ।

संसदको चुनावभन्दा पहिले ०७७ पुस ५ गतेको दिनमा प्रतिनिधिसभाको विघटन भयो । त्यसपछि नेपालको राजनीतिले नाटकीय रुप लियो । त्यस भन्दा पहिले नेकपा एमाले भित्र अन्तर संघर्ष चलिरहेको थियो ।

त्यो अन्तरसंघर्षलाई त्यही भित्र बसेर हल गर्ने हाम्रो चाहना थियो । तर त्यो हुन सकेन । किन भएन ? त्यसको हामी पछि समिक्षा गरौंला । यो आरोप प्रत्यारोप गर्ने बेला पनि होइन । कसैसामू लत्रिनु परेको पनि छैन ।

हामीले ठिक गरेको छौं । दृढताका साथ उभिएका छौं । एकले अर्कालाई आरोपप्रत्यारोप गरेर केही पार लाग्नेवाला छैन । त्यसैले हामी सबै कुराको बस्तुनिष्ठ समिक्षा गर्दै अघि बढन तयार छौं । तथ्य देखाऔं, प्रमाणित गरौं । त्रुटी छन भने हामी सच्चिन तयार छौं ।

पानी माथिको ओभानो बन्ने काम कसैले पनि नगरे हुन्छ प्रतिनिधिसभा विघटनलाई हामीले प्रतिगामी कदमको रुपमा आलोचना ग¥यौं । विरोध ग¥यौ ।’ सोमबारबाट सुरु भएको पोलिटब्यूरो बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने एजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us