
काठमाण्डु १८ पुस बैकको एटिएम फोड्दै गरेको अवस्थामा सतुंगलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका( ७) घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् । मगर हाल चन्द्रागिरी नगरपालिका(७ )चेकपोष्ट बस्दै आयका छन।
उनले आइतबार राति चन्द्रागिरी नगरपालिका(११) सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा९फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।