कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी सर्वसम्मत चयन

काठमाण्डु टुडे २०७९ पुष १८ गते ११:५३ मा प्रकाशित

काठमाण्डु,१८ पुस– कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । दाङ–३ को (१)बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री रहेका छन ।

संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुन् । कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए ।

लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us