
काठमाण्डु,१८ पुस– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् ।
मन्त्री लामिछानेले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिएका छन ।
आज (सोमबार) मन्त्री लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।
सोही क्रममा मन्त्री लामिछानेले यस्तो निर्देशन दिएको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिएका छन ।
उनका अनुसार मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।