सरकारमा सहभागी हुन माधव नेपाललाई दबाब

काठमाण्डु टुडे २०७९ पुष १८ गते ८:४१ मा प्रकाशित

काठमाण्डु, १८ पुस– नेकपा एकीकृत समाजवादीले सरकारमा जाने वा नजाने भन्ने विषयमा आज निर्णय गर्ने भएको छ ।

आज बस्ने पोलट्ब्यिुरो बैठकले सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् ।

समाजवादीमा सरकारमा जाने र नजाने भन्नेमा नेताहरुबचि दुई धार छ । झलनाथ खनाल, जगन्नाथ खतिवडासहित चुनावमा पराजित नेताहरु सरकारमा जान नहुने अडानमा छन् भने निर्वाचितहरु जानुपर्ने पक्षमा उभिएका छन् ।

यसअघि उक्त पार्टीको शनिबार र आइतबार बसेको स्थायी समिति बैठकमा सरकारमा जोन वा नजाने भन्ने विषयमा विवाद भएको थियो । स्थायी समितिले त्यसबारे पोलिट्ब्युरो बैठकले निर्णय गर्ने निस्कर्ष निकालेको थियो ।

स्थायी समितिको सुझावका आधारमा निर्णय हुने बताइएको छ । काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि समाजवादीले कतै पनि कित्ता स्पष्ट गरेको छैन । काँग्रेससँगको गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले, राप्रपा, रास्वपा, राजपासहित दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् ।

प्रधानमन्त्री भएपछि प्रचण्डले समाजवादी अध्यक्ष नेपाललाई भेटेरै सत्ता सहकार्यको प्रस्ताव राखेका थिए । सुरुमा आफूलाई थाहै नदिई गठबन्धन छाडेको भन्दै प्रचण्डसँग रिसाएका नेपाल पछिल्लो समय भने पुरानो गठबन्धन भंग हुनुमा काँग्रेस सभापति शेरबहादुर देउवा दोषी रहेको बताउन थालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us