एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा गिरी सर्वसम्मत चयन

काठमाण्डु टुडे २०७९ पुष १७ गते १७:४२ मा प्रकाशित

काठमाण्डु,१७ पुस– एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन ।

दाङको देउखुरीमा आज (आइतबार) पार्टीका महासचिव शंकर पोखरेल, सचिव छबिलाल विश्वकर्मालगायतको उपस्थितिमा बसेको दलको बैठकले रुपन्देही–२ को १ बाट निर्वाचित गिरीलाई नेता चयन सर्वसम्मत चयन गरेको हो ।

यसअघि महासचिव पोखरेलको निवासमा भएको छलफलमा नेताहरू बीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको स्रोतको बताएको छ ।

संसदीय दलको नेतामा लीला गिरीसँगै चेतनारायण आचार्य पनि आकांक्षी रहेका थिए । अब एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us