निजगढ विमानस्थलको निर्मर्ण छिट्टै सुरु गर्ने प्रचण्डको घोषणा

काठमाण्डु टुडे २०७९ पुष १७ गते १७:१७ मा प्रकाशित

काठमाण्डु,१७ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै निजगढ विमानस्थलको निर्मण सुरु गर्ने बताएका छन ।

आज (आइतबार) पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री दाहालले छिट्टै निजगढ अन्तरास्ट्रिय विमानस्थलको निर्माण सुरु गर्ने घोषणा गरेका हुन् ।

उनले भने, ‘पोखरामा तेस्रो विमानस्थल सञ्चालनमा अएको छ। अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्नेछौ ।’

सोही क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो विमानस्थल सञ्चालनमा आएसङ्गै पोखरा सिधै अन्य मुलुकसँगको पहुँचमा जोडिएको बताएका छन ।

उनले पोखरा विमानस्थल सञ्चालनमा आएसँगै पोखराको विकास र समृद्धिको चाहना थप मजवुत भएको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us