काठमाण्डुको शंखरापुरमा सबस्टेसन निर्माणमा विवाद

काठमाण्डु टुडे २०७९ पुष १७ गते १६:५४ मा प्रकाशित

काठमाण्डु,१७ पुस– काठमाण्डुको शंखरापुर नगरपालिका बोझनीमा सबस्टेसन निर्माणमा विवाद हुँदा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय जयमान वाइबा र राजमान स्याङ्बो रहेका छन ।

शंखरापुर नगरपालिका–३ मा पर्ने बोझनीका बासिन्दाले सबस्टेसनको विरोध गर्दै आएका छन् । १७० रोपनीमा निर्माण गर्न लागिएको यो सबस्टेसनको उनीहरुले विरोध गरेका छन ।

४५६ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको अपर तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली काठमाण्डु उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुरको बोझनीमा विद्युत् प्रसारण आयोजनाले सबस्टेसन निर्माणका लागि करिब २ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

यो सबस्टेसनले माथिल्लो तामाकोसीसँगै एमसीसीले निर्माण गर्ने प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ ।

बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको यो सबस्टेसनमा तीनतिरबाट ४०० किलो भोल्ट (के.भी) क्षमताका ‘हाइभोल्टेज’ प्रसारण लाइन विस्तार रहेने छन ।

आफूहरूलाई आयोजनाले सबै जानकारी नदिई झुक्याएर, धम्क्याएर बस्ती नै उठाउने गरी सबस्टेसन बनाउन लागेको दाबी गर्दै स्थानीयबासिन्दाले विरोध गरेका छन ।

आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बिचमा सबस्टेसन निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गगरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us