
काठमाण्डु,१७ पुस– झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका– ११ दुधेकी ६१ वर्षीय कृष्णमाया भण्डारी रहेका छन ।
आज (आइतबार) बिहान आएका ४ वटा जंगली हात्तीको समूहले घर भत्काउँदा बेहोस भएकी भण्डारीको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् प्रवक्ता बसन्त पाठकले बताएका छन ।
हात्तीले घर भत्काउँदा भण्डारीका श्रीमान् शान्तिराम भण्डारी घाइते भएको र उनको उपचार दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।