सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित छ: प्रचण्ड

काठमाण्डु टुडे २०७९ पुष १३ गते १७:२४ मा प्रकाशित

काठमाण्डु,१३ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीसँग खुमलटारस्थित निवासमा बुधबार भएको भेटवार्तामा उनले यस्तो बताएका हुन । उनले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताएका छन ।

प्रचण्डले भने , ‘मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्या लगायतका विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमासम्पुर्ण ध्यान केन्द्रित भएको छ, ।’

रुस–युक्रेन युद्ध र कोभिड १९ का कारणले विश्वव्यापी रुपमै अर्थतन्त्रमा जोखिमको अवस्था सिर्जना भएको उनले बताएका छन । वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिवद्ध रहेको समेत उनले बताएका छन ।

उनले भने, ‘सामुहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको संकटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us