
काठमाण्डु,१३ पुस– नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका छन ।
राष्ट्रपतिमा नेकपा एमाले तर्फबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरूले इच्छा देखाएका छन् । माओवादी भागवण्डामा उपराष्ट्रपति पद परेपछि प्रचण्डले गजुरेललाई प्रस्ताव गरेका हुन् ।
उनले पार्टीमा धेरै खालका सुधार गर्नुपर्ने भएकाले उपराष्ट्रपति नजाने योजना बनाएको बताएका छन । राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा राष्ट्रपति महिला भएमा उपराष्ट्रपति पुरुष हुन सक्ने व्यवस्था रहेको छ ।