कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी

काठमाण्डु टुडे २०७९ पुष १३ गते १६:२७ मा प्रकाशित

काठमाण्डु,१३ पुस– कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । आज (बुधबार) भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन भएका हुन् ।

लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र प्रप्त गरेका छन । नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले मकवानपुरका इन्द्र बानियालाई पराजित गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us