
एजेन्सी ,१३ पुस -दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा चार दिनदेखि चलेको लडाइँमा ५६ जनाको मृत्यु भएको छ ।
नुयर समुदायका युवाहरूले अर्को जातीय समूहलाई आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले मंगलबार बताएका हुन। डिसेम्बर २४ मा गुमुरुक काउन्टी र लिकुआंगोल काउन्टीमा मुर्ले समुदायमा सशस्त्र नुयर युवाहरूले आक्रमण गरेका ग्रेटर पिबोर प्रशासनिक क्षेत्रका सरकारी अधिकारी अब्राहम केलाङले बताए ।
सरकारले समुदायहरूलाई मद्दत गर्न प्रबन्ध गरिरहेको छ, तर लडाई अझै जारी छ’ केलंगको भनाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । झडपमा ५१ जना नुयर समुदायका र पाँच जना मुर्ले डिफेन्डरहरू मारिएका उल्लेख गरीएको छ।
सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भूभाग दशकौंदेखि झगडा र गाईवस्तु र जमिनको विषयलाई लिएर द्वन्द्वले ग्रस्त छ ।