राप्रपाको बैठकमा ७ एजेन्डामा छलफल जारी

काठमाण्डु टुडे २०७९ पुष १३ गते १४:३५ मा प्रकाशित

 काठमाण्डु,१३ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । पार्टी कार्यालयमा जारी बैठकमा विभिन्न ७ एजेन्डा हरु तय गरिएको छ ।

जसमध्ये मुख्य एजेन्डामा पार्टीको सरकारमा सहभागितासम्बन्धी रहेको छ। राप्रपाले पार्टीभित्र सरकारमा सहभागी हुने नहुनेबारे दुई लाइन रहेको सन्दर्भमा आजको बैठकले ठोस निर्णय गर्ने भएको छ ।

बैठकले केन्द्रका साथै प्रदेश सरकारमा पार्टीको रणनीति तथा योजनाका विषयमा पनि निर्णय गर्ने प्रवक्ता भुवन पाठकले बताएका छन ।

त्यस्तै निर्देशन समिति गठन, केन्द्रीय कार्यसमितिको बैठक तय, लेवी र सांसदको स्वकीय सचिव नियुक्तिको विषयमा पनि छलफलको एजेन्डा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us