ओलीसँगको छलफलपछि सिंहदरबार पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ पुष १३ गते १४:२४ मा प्रकाशित

काठमाण्डु,१३ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग खुमलटारमा छलफलपछि उनी सिंदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा पुगेका हुन ।

सिंहदरबारमा दैनिक प्रशासनिक कार्यक्रम सकेर उनी आजै साँझ ५ बजे सरकारी निवास बालुवाटारमा सर्ने उनको कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us