संस्थापन इतर समूहले भन्यो– देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुट्यो

काठमाण्डु टुडे २०७९ पुष १३ गते १४:१९ मा प्रकाशित

काठमाण्डु,१३ पुस– कांग्रेसको संस्थापन इतर समूहले गठबन्धन भत्किएपछि उत्पन्न राजनीतिक घटनाको प्रारम्भिक समीक्षा गरेको छ । सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ ।

आज ( बुधबार) विहान नेता शेखर कोइरालाको सचिवालय विशालबजारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

कांग्रेसको संस्थापन इतर समूहले अब आगामी दिनमा कांग्रेसलाई जीवन्त बनाएर जागृत बनाउनुपर्ने निष्कर्ष निकालेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us