कांग्रेस र माओवादी दुबैबाट म पीडित छु: माधव नेपाल

काठमाण्डु टुडे २०७९ पुष १२ गते १८:५६ मा प्रकाशित

काठमाण्डु,१२ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई जानकारी नदिई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको बताएका छन ।

आज (मंगलबार) पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन । नेपालले प्रचण्ड प्रधानमन्त्री भएको आफूले पत्रपत्रिकाबाट भएको थाहा पाएको बताएका छन ।

नेपालले भने, अस्ति हाम्रो पार्टीको संलग्नता बेगर, हाम्रो पार्टीलाई जानकारी नदिइकन प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए’, ‘ पत्रिकाबाट न थाहा भएको हो । फोटो देखेर न थाहा भएको हो हामीलाई ।’

उनले प्रचण्डको व्यवहारबाट आफू दुःखी भएको उनले पार्टी कार्यकर्ताहरुलाई बैठकमा सुनाएका छन । ‘यस सम्बन्धमा मैले टिप्पणी के गरेको छु भने प्रचण्डजीको यो व्यवहारबाट म दुःखी छु, दुुखित छु,’ नेपालले भने । उनले आफूहरु कांग्रेस र माओवादी दुबैबाट पीडित भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us