आगामी दिनमा नेपाल भारत सम्बन्ध अझ मजबुत हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

काठमाण्डु टुडे २०७९ पुष १२ गते १८:४५ मा प्रकाशित

काठमाण्डु,१२ पुस–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा नेपाल भारत सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

भारतीय सञ्चारमाध्यम एबीपी न्यूजसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन । उनले आफ्नो पछिल्लो भारत भ्रमणमा खुला मनका साथ सम्वाद भएको सम्झिए ।

उनले भने, ‘मलाई लाग्छ, अन्तिम पटक जब म भारत भ्रमणमा गएको थिएँ, खुला मनका साथ कुराकानी भएको थियो । नेपाल भारत सम्बन्ध अगाडि बढाउन एकआपसमा मिलेर अघि बण्नुपर्छ भन्ने प्रतिवद्धता गरेका थियौं ।’

उनले अब पनि त्यही विश्वासका साथ अघि बढ्ने बताएका छन । प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति निवासबाट निस्किँदै गर्दा भारतीय राजदूतले फोन गरेर बधाई दिएको र लगतै भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरेर बधाई दिएको समेत प्रचण्डले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us