कांग्रेस सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन

काठमाण्डु टुडे २०७९ पुष १२ गते १७:५० मा प्रकाशित

काठमाण्डु,१२ पुस–    मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस सांसद  टेक बहादुर गुरुङको सांसद पद निलम्बनमा परेको छ ।

विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग मुद्दा खेपिरहेका कांग्रेस सांसद गुरुङको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्था अनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको संसद सचिवालयले जानकारी दिएको छ ।

उनले ४ मंसिरमा भएको निर्वाचनमा कांग्रेस–माओवादीको गठबन्धनबाट चुनाव लडेर जितेका थिए । गुरुङमाथि विशेष अदालतमा मुद्दा रहेपनि बिहीबार सांसद सचिवालयले शपथमा सहभागी गराएको थियो ।

गुरुङको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद सचिवालयलाई पत्राचार गरेको थियो । आयोगले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us