
काठमाण्डु,१२ पुस– कांग्रेसले २२ पुसमा केन्द्रीय समितिको बैठक बोलाएको छ । आज मंगलबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी २२ पुसको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने उनले बताएका छन ।
बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले बताएको छ । ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थिएन ।
नेकपा माओवादी केन्द्र सहितका दलसँग गठबन्धन गरेर काग्रेस चुनाव गएपनि सरकार गठनका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको साथ लिएर प्रधानमन्त्री बनेका छन् ।
कांग्रेसका कतिपय नेताहरुले पार्टी नेतृत्वको कमजोरीका कारण गठबन्धन टुटेको बताएका छन् । केन्द्रीय समितिमा यो विषयमा छलफल हुने नेताहरुले बताएका छन ।