
काठमाण्डु,१२ पुस– जनता समाजवादी पार्टीले संसदीय दलको नेता चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार भोली (बुधबार) विहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता भने १२ बजेदेखि दिउँसो १२: ३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १२:३० बजेदेखि १:३० बजेसम्म नाम फिर्ता लिने, १:३० बजेदेखि दिउँसो २ बजेसम्म दावी विरोध गर्ने र दिउँसो २ बजेदेखि २:३० बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसपछि २:३० बजेदे खि ३:३०सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् । संसदीय दलको नेता को चयन हुन्छ टुंगो नभएको नेताहरुले बताएका छन् ।